Sunday, September 6, 2020

विपी कोईराला युवा नेतृत्व विकास मञ्च पाणिनी गाउँपालिकाको महिला उपाध्यक्षमा कमला घिमिरे चयन

विपी कोईराला युवा नेतृत्व विकास मञ्च पाणिनी गाउँपालिकाको महिला उपाध्यक्षमा कमला घिमिरे चयन 

विपी कोईराला युवा नेतृत्व विकास मञ्च  लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफनो भविष्य खोज्ने, लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एंव व्यक्तित्व विकास गर्दे जननायक विपी कोईरालाबाट व्यक्त विचार, प्रतिपादित निति र अवधारणहरुलाई गाउँ गाउँमा पुर्याउने उद्देश्यका साथ गठन भएको विपी कोईराला युवा नेतृत्व विकास मञ्च केन्द्रिय कार्यसमितिले जिल्ला संयोजक चयन गरि देशभरका जिल्ला र पालिकाको संगठन विस्तारमा लागेको छ।यसै क्रम मा अर्घाखाँची जिल्ला पाडिनी गाउँपालिकाले कार्यसमितीको विस्तार गरेको छ । केही समय पहिला  पाणिनी गाउँपालिकाको अध्यक्षको  जिम्मेवारी नारायण घिमिरे ‘भावुक’ लाई मनोनयन गरेसँगै गाउँपालिकाको कार्यसमिती विस्तार घिमिरेले गरेका हुन  ।

विभिन्न सामाजिक काम गर्दै आउनुभएकी समाजसेवी तथा सन्चारक्रमी  घिमिरे पाणिनि गाउँपालिका विपि कोइराला युवा नेतृत्व विकास मञ्चको  महिला उपाध्यक्ष चयन हुनुभएको हो ।

0 comments have been Posted:

Post a Comment