Monday, August 10, 2020

नेपाल स्वयंसेवक संघ पर्बतको ऐतिहासिक धार्मिक एवं पर्यटकिय स्थल गुप्तेश्वर गुफामा सरसफाइ

नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति पर्बतले आज एक कार्यक्रमका बिच पर्बतको ऐतिहासिक धार्मिक एवं पर्यटकिय स्थल गुप्तेश्वर गुफामा सरसफाइ तथा सरसफाइ का सामग्री  डस्बिन,कुचो बितरण कार्यक्रम समपन्न साथै गुप्तेस्त्वर मा स्वयंसेवक को भुमिका निर्बहा गरेको छ। 
मौसम  प्रतिकुलताको बाबजुद  कोरोनाको कहरको बेलामा सामाजिक दुरि कायम गरि  सस्थाले कार्यक्रम समपन्न गरेको छ । यो सस्थाले  नेपालभर अहिलेसम्म ६० जिल्लामा समिती बिस्तार  गरेको र २० भन्दा बढी जिल्लामा कार्यक्रम समपन्न गरेको र यस बर्ष बाट पर्बत जिल्लामा पनि गठन भइ सामाजिक कार्यक्रम गर्नको निमित्त लागिपर्ने सस्थाका अध्यक्ष नोदराज रेग्मी अनिल ले जानकारी दिनुभएको छ।पहिलो चरणमा आज गुप्तेश्वर गुफा सरसफाइ गर्ने र त्यसपछि पर्बतको विभिन्न धार्मिक एवं पर्यटकिए स्थलहरुमा  सरसफाइ साथै सामाजिक काम गर्ने अध्यक्ष रेग्मिले बताउनु भएको छ। कार्यक्रममा सम्पुर्ण कुरा प्रस्ट पार्दै अध्यक्षले भनेउक्त संस्थाले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नेपाल स्वयंसेवक संघले पर्बत जील्लामा पूर्ण रुपमा अन्त्य गर्ने बताए ।यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा ल्याइएको र यस सस्थामा कुनै किसिमको राजनीतिक नहुने सस्थाका सचीव जगदिश शर्माले जनकारी दिनुभएको थियो ।सरसफाइ कार्यक्रममा सस्थाका  सचिव जगदीश शर्मा ,सह-सचिव,आदित्य आचार्य  ,सदस्यहरु सुमन सुबेदि,एलिना थापा र जिल्ला प्रबक्ता दामोदर रेग्मी को उपस्थित रहेको थियो।






0 comments have been Posted:

Post a Comment