Saturday, August 8, 2020

सुनवल ३ किर्तिपुर २ डोजोद्वारा बिजेतालाई पुरस्कृत तथा सम्मान

सागर पौडेल नवलपरासी जापन कराते डो. नान्वुकाई सितोरियो संघ नेपालले जापन कराते जुनियर अनलाईन काँता प्रतियोगिता दितिय भएका लाई सम्मान तथा पुरस्कार बितरण आज पश्चिम नवलपरासी सुनवल ३ किर्तिपुर २ डोजोले  एक कार्यक्रमका विच सम्पन गरेको छ । 
समाजसेवि स्वर्गिय पदमा पक्षपको स्मृतिमा प्रथम जुनियर अनलाईन काँता प्रतियोगीता यहि साउन १ र २ गते सम्पन्न  भएको  कार्यक्रम मा काँता वेष्ट तर्फ मानभि गुरुङ र स्पन्दन पुन लाई सम्मान गरेको हो  ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रि कमला रानाको अध्यक्षता रहेको कार्यक्रम को  वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश नम्वर पाँचका बरिष्ठ कराँते प्रशिक्षक ऋषि पौडेल, वडा सदस्यहरु श्याम गुरुङ, रेनु थापा, उद्योग बाणिज्य संघ सुनवलका  अध्यक्ष  रमेश कर्मचार्य , १० औं र ११ औं साफ कास्य पदक विजेता तथा एसियन प्यासिफिक कराँते प्रतियोगीतामा स्वर्ण पदक विजेता गणेश बहादुर थिङ, सितारियो कराँते जिल्ला अध्यक्ष गोपि पुन, टोल विकास समितिका अध्यक्ष कर्ण वहादुर मल्ल, आमा समुहकी अध्यक्ष कुमसरी गुरुङ, युवा क्लवका अध्यक्ष देव मल्ल, समाजसेवि विमल ढकाल बुद्धिजिवि पत्रकार समाजीक व्याक्तित्वहरु खेलाडिहरुको उपस्थीती रहेको थियो ।  जिल्ला भलिबल संघ का सचिब तथा उधोग बाणिज्य संघ का अध्यक्ष रमेश कर्मचार्य ले शुबकामना मन्तव्य  राख्दै  खेलकुद भनेको हाम्रो एउटा अङ्ग हो जस्ले हाम्रो शारीरिक र मानसिक अबस्था लाई राम्रो बनाउन सक्छ तेसै ले अब आउने पुस्ता ले पनि खेलकुद को बारेमा बुझ्न जरुरि रहेको भन्दै  सहभागी खेलाडि लाई हौसला दिदै बिजेताहरु लाई  बधाई दिनुभएको थियो ।
कार्यक्रम संचालन रोशन श्रेष्ठ ले गर्नुभएको थियो भने पुरस्कार वितरण  कृर्तिपुर डोजोका प्रशिक्षकले  गर्नु भएको थियो।

0 comments have been Posted:

Post a Comment